भारत जाने तयारीमा प्रधानमन्त्री

भारत जाने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । भारतका समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा उहाँ यही महिनाको अन्त्यतिर दिल्ली जान लाग्नु भएको हो ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’का क्रममा भएको भेटमा दुवै समकक्षीले निम्तो साटासाट गरेका थिए । तर, पार्टीको महाधिवेशनका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमण पछि धकेलिएको थियो ।

पार्टी सभापतिमा पुनः निर्वाचित भएलगतै उहाँ भारत भ्रमणको तयारीमा जुट्नु भएको हो । पछिल्लो पटक प्रधानमन्त्रीको पद समालेपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

टिप्पणीहरू