बलात्कार आरोपमा हाकिम पक्राउ

बलात्कार आरोपमा हाकिम पक्राउ

बलात्कार आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीका आधारमा निजलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरी बाँकेमा बुझाएको हो ।

आरोपित थापाले पटक पटक महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । प्रहरीका अनुसार ती सुरक्षाकर्मी बाँकेमा कार्यरत छिन् ।

“इन्सपेक्टर खिमबहादुर थापा मगरका अनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको तर अचानक हिजो महिला सुरक्षाकर्मीले उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो । “

नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा बलात्कारको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । थापालाई लागेको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।\

थापाको मोबाइल स्वीच अफ छ । बाँके प्रहरी स्रोतले भने उक्त घटनाको पुष्टि गरेको छ । प्रहरी कार्यालयका इन्सपेक्टर खिमबहादुर थापा मगरका अनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको तर अचानक हिजो महिला सुरक्षाकर्मीले उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो ।

प्रहरीले प्रशासकीय अधिकृत थापालाई हिजै अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

बलात्कारको आरोप लगाएकी महिला प्रहरी आज पनि आफ्नो ड्युटीमा कोहलपुरमा खटिएकी छन् ।

टिप्पणीहरू