ओलम्पिक बहिष्कार गर्ने अमेरिकी धम्कीको रुसद्वारा निन्दा

ओलम्पिक बहिष्कार गर्ने अमेरिकी धम्कीको रुसद्वारा निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्ने अमेरिकी धम्कीको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

पुटिनले आफ्नो मुलुक रुसले खेलकुदमा गरिने राजनीतिकरणको सँधै विरोध गरेको बताउँदै आगामी शीतकालीन ओलम्पिकलाई बहिष्कार गर्न लागेको अमेरिकाको कूटनीतिक भाषामा कडा प्रतिवाद गर्नुभएको हो ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै राष्ट्रपतिले अमेरिकाले चिनियाँ विकासको गति रोक्ने अभिप्रायले ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ गर्नु ‘सर्वथा अस्वीकार्य र गलत’ रहेको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकाले खेलकुदमा राजनीतिलाई जबर्जस्ती तानेर चीनलाई विश्वव्यापी प्रतिस्पर्धीको रूपमा माथि जानबाट रोक्ने उद्देश्य राखेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो,‘अमेरिकी निर्णय अस्वीकार्य र गलत छ । मैले एक पूर्व अमेरिकी राष्ट्रपतिसँग कुरा गर्दा उनले यसअघि लसएन्जलस् र मस्कोमा भएका ओलम्पिक खेलकुद बहिष्कार गर्नु ठूलो गल्ती भएको स्वीकारेका थिए । अमेरिकाले अहिले फेरि त्यहि गल्ती दोहोर्याउँदै छ । त्यसको ठ्याक्कै कारण के हो ? यो चीनको आर्थिक बृध्दि र समृध्दिलाई रोक्ने असफल प्रयास मात्रै हो ।’

यसअघि शीतयुध्दताका सन् १९८४ मा भएको लसएन्जलस् ओलम्पिक रुस र रुसनिकट मुलुकहरुले बहिष्कार गरेका थिए । त्यस्तै सन् १९८० मस्कोमा भएको ओलम्पिक पनि अमेरिका र ऊनिकट मुलुकहरुले बहिष्कार गरेका थिए । त्यतिबेला विश्व शीतयुध्दको उत्कर्षमा पुगेको थियो ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fv.xinhua-news.com%2Fstatic%2Fview%3Fdest%3DvKMDEkJnhoczkyISstMTY0MDMxNTkzMzk1Ni0vZHNwX0FWL2F2Y192aWRlby8yMDIxMTIvMjMvM2I2MGY1YzBiZGJmNDcxMDkxYjAyY2NlMjQzMDJlNjZfMjA0OGtfTC5tcDXqQ%253D%26fbclid%3DIwAR3Z1lKsNeBT-0zvINPk4hT_39sb2qrGOEUp4AMoJJP9XSufbawc5eM0iBg&h=AT3M0nkHVrNwB_NELGolOwHcNbR08FllCRb9m3NHHNSZRXU2QgN5MR6OI1xce7QCJ4tgSx8VqvkKo3w3EQ9eBJnlOeuI-rXkIAISlgjpTQD7tMMeHuzteABiRQY46qt2vDU

स्रोतः सिन्ह्वा

टिप्पणीहरू