माओवादी बैठक एकाएक स्थगित

माओवादी बैठक एकाएक स्थगित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटी बैठकमा पेश गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले छलफलका लागि राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटी सदस्यहरुले आवश्यक सुझाव दिएपछि परिमार्जनसहित प्रतिवेदन पर्सिदेखि शुरु हुने राष्ट्रिय सम्मेलनमा पेश हुनेछ ।

यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरका लागि स्थागित भएको छ । नेकपा मसालबाट विद्रोह गरेको समूह र माओवादी केन्द्रबीच एकता घोषणा कार्यक्रम रहेकोले बैठक स्थगित गरिएको हो । अहिले केहीबेरमा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा पार्टी एकता घोषणासभा हुँदैछ ।

स्थायी कमिटी बैठक अपरान्ह ३ बजे पुनः बस्ने बताइएको छ ।

टिप्पणीहरू