बंगलादेशको फेरीमा आगलागी, ३६ को मृत्यु

बंगलादेशको फेरीमा आगलागी, ३६ को मृत्यु

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा आज बिहान आगलागी भएको हो ।

‘तीन तले फेरी नदीको बीचबाट अघि बढेको अवस्थामा आगो लागेको थियो । आगलागीबाट जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ,’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि धेरै जना नदीमा हामफालेका थिए ।

फेरीमा आगो लागेर घाइते एक सय जनाभन्दा बढीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटना हुने गरेको छ । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण आजको दुर्घटना भएको सुरक्षा निकायले बताएको छ ।

टिप्पणीहरू