आउँदो चुनावमा विदेशका नेपालीले पनि भोट हाल्ने

आउँदो चुनावमा विदेशका नेपालीले पनि भोट हाल्ने

अब विदेशमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने भएका छन् । आगामी निर्वाचनमा विद्युतीय मतदानबाट विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगको आयोजनामा महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले सो कुराको जानकारी दिए । यस्तै उनले सहज र विश्वसनीय परिणामका लागि निर्वाचन आयोगले विद्युतीय मतदानको पहल थालेको बताए ।

उनले भने, ‘यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।’

टिप्पणीहरू