शारजहामा बंगालदेशसँग भिड्दै नेपाली युवा

शारजहामा बंगालदेशसँग भिड्दै नेपाली युवा

यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ । नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको शारजहा क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ ।

१० औं ओभरको खेल सकिँदा बंगलादेशले पहिलो विकेट गुमाएर ३९ रन जोडेको छ । नेपालका लागि तिलक भण्डारीले पहिलो विकेट लिए ।
नेपालले यू–१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ ।

 

टिप्पणीहरू