नेपाली काँग्रेस प्रदेश २ मा कृष्ण यादव विजयी

नेपाली काँग्रेस प्रदेश २ मा कृष्ण यादव विजयी

नेपाली काँग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । प्रदेश सभापतिको निम्ति भएको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् ।

हिजो भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा कृष्णले रामसरोजलाई १ सय ४१ मतले पछाडि पारेका हुन् । कृष्णले ९ सय ९६ मत प्राप्त गर्दा रामसरोजले ८ सय ५५ मत पाएका छन् ।

हिजोको मतदानमा १८ सय ८१ मत खसेको थियो । तीमध्ये ३० मत बदर भएको छ ।

टिप्पणीहरू