सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

साताको अन्तिम दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियो देखिएका छन् । नेप्सेकाअनुसार आज शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ ।

टिप्पणीहरू