एमसीसी संशोधन नगरी पास हुँदैन : प्रचण्ड

एमसीसी संशोधन नगरी पास हुँदैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज न्यूज एजेन्सी नेपालसँगको अन्र्तवार्तामा अध्यक्ष प्रचण्डले एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने उल्लेख गर्नुभएको हो ।

एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताउँदै उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिमा तातो विषय बनेको एमसीसीबारे संसोधन गरेर मात्र अगाडि बढ्न सकिन्छ ।’

एमसीसीको केही दस्तावेजमा भएका प्रावधानले संशय पैदा गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसोधन गर्नुको विकल्प नभएको भन्नुभएको हो ।

पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताउँदै प्रचण्डले यसअघि २०६९ सालमा हेटौंडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेको स्वीकार्नुभएको छ । मुलुकभित्रका राजनैतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

टिप्पणीहरू