कोरोना संक्रमण दर उस्तै,आज २ जनाको प्राणान्त

कोरोना संक्रमण दर उस्तै,आज २ जनाको प्राणान्त

केही दिनयता कोरोना संक्रमणदर उस्तै देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या झण्डै तीन सय र मृतक संख्यासमेत उस्तै देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मुलुकभर दुई जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु र दुई सय ९३ जना संक्रमित थपिएका छन् । यो संख्या ११ हजार छ सय २६ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

गत २४ घण्टामा दुई सय ६३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार एक सय ६१ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८१ पुगेको छ ।

त्यस्तै, पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय दुई जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय १६ र ललितपुरमा छ सय छ जना संक्रमित छन् ।

टिप्पणीहरू