गुरु कुट्ने विद्यार्थीलाई कारवाहीको माग

गुरु कुट्ने विद्यार्थीलाई कारवाहीको माग

नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ ।

नेविसंघ आरआर इकाइले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग विज्ञप्ति मार्फत माग गरेको हो ।अस्ति मंगलबार क्याम्पसको बिहानी सत्रमा आन्तरिक मूल्याङ्कन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर

अनेरास्ववियु निकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए । खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको थियो ।दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सुचारु गराउन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि संघले माग गरेको छ ।

नेविसंघले दोषीलाई कारवाही नगरे स्थापित हुने नजिर तथा यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन नै हुने चेतावनी समेत दिएको छ ।

टिप्पणीहरू