केपीले अर्बौंको सम्पत्ति हत्याएको माधवको आरोप

केपीले अर्बौंको सम्पत्ति हत्याएको माधवको आरोप

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले हात पारेको आरोप लगाउनुभएको छ ।

ठूलो त्याग र संघर्षले जोडेको पार्टीको सम्पत्ति र संरचना आँखै अगाडि ओलीले कब्जा गरेको देख्दा मन पोल्ने गरेको पनि उहाँको भनाइ छ ।

समाजवादी प्रेस संगठन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफूले २०३२ सालदेखि अहिलेसम्म नेकपा एमाले बनाएर हिँडेको तर ओलीकै कारण विद्रोह गर्नुपरेको समेत बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टी र आन्दोलन जोगाउनका लागि एमालेबाट विद्रोह गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

टिप्पणीहरू