छुट्टीभिन्नपछि भूतपूर्व मायालुहरुको डिभोर्स डेटिङ्ग

छुट्टीभिन्नपछि भूतपूर्व मायालुहरुको डिभोर्स डेटिङ्ग

जन्मदिन,विवाहलगायतका वार्षिकोत्सव अधिकांशले मनाउन थालेका छन् । पश्चिमा समाजबाट आएका अन्य खालका अवसरमा पनि उत्सव मनाउने क्रम शुरु भएको छ ।

तर,जीवनभरको निम्ति गरिएको विवाहमा खटपट शुरु भएपछि गरिने विच्छेदलाई नै वार्षिकोत्सवको रुपमा मनाइएको बिरलै सुनिन्छ । यस्तो दुर्लभ उत्सव नेपालमा मनाइएको छ ।

पोखरेली कवयित्री सरस्वती श्रेष्ठ ‘प्रतिक्षा’ ले सामाजिक सञ्जालमा हालेको एउटा तस्बिर र विवरणमा उक्त व्यहोरा उल्लेख छ । उनले सम्बन्धविच्छेद भएको तीन वर्ष पूरा भएर चार वर्ष लागेको अवसरमा पूर्वपतिसँग गफिएर लञ्च खाएको फोटो पोष्ट गरेकी छन् ।

‘म चाहिँ पारपाचुकेको वार्षिकोत्सव मनाउन भए पनि स्वास्नी लखेट्ने हो यत्रैसिती ।’

उनले त्यस अवसरमा सम्बन्धविच्छेदपछि आफूहरुले भोगेको र बाँचेको अवस्थाको बारेमा पनि समीक्षा गरेको बताएकी छन् । पूर्वपति ठाकुरसँगको फोटो राखेर भनेकी छन्, ‘सेलिब्रेट गर्न जान्यो भने सम्बन्धविच्छेद पनि एउटा उत्सव बनिदिँदो रहेछ ।’

तर त्यही फोटो र विवरणमा कमेण्ट लेख्नेहरु अधिकांशले व्यंग्यपूर्ण भाषा प्रयोग गरेका छन् । सिरु शर्माले लेखेकी छन्, ‘जिन्दगीमा जन्मोत्सव सबैले मनाए होलान् । तर यसरी सम्बन्धविच्छेदको वार्षिकोत्सव मनाउने सौभाग्य कसलाई मिल्ने होला ! ?’

दिपक ज्ञवालीले जिज्ञासा राखेका छन्, ‘यो सम्बन्धविच्छेदको उत्सव मनाउँदा समाजलाई कस्तो किसिमको सन्देश मिल्ला ? नकारात्मक वा सकारात्मक ?’

कडा व्यंग्य गर्दै सुवास लम्सालले लेखेका छन्, ‘म चाहिँ पारपाचुकेको वार्षिकोत्सव मनाउन भए पनि स्वास्नी लखेट्ने हो यत्रैसिती ।’

टिप्पणीहरू