शोभराजलाई थुन्नुको कारण मागियो

शोभराजलाई थुन्नुको कारण मागियो

सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्र्स शोभराज गुरुमुखलाई थुनामा राखिएको सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।

‘सिरियल किलर’ को उपाधि पाएका शोभराज जगन्नाथदेवल कारागारमा थुनामा छन् । वृद्ध उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई रिहा गर्नुपर्ने माग शोभराजको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडांै र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई हिजो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

टिप्पणीहरू