नेवारी युवतीका लागि ‘मिस नेवाः नेपाल’

नेवारी युवतीका लागि ‘मिस नेवाः नेपाल’

नेवार समुदायका युवतीका लागि मिस नेवा आयोजना गर्न लागिएको छ । नेप्लिज फेसन होमले नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका लागि आगामी फागुन अन्तिममा १६औँ संस्करणको आयोजना गर्न लागेको हो ।

नेवार समुदायका युवतीलाई लक्षित गरेर आयोजित ‘मिस नेवाः नेपाल’ विजेताले एक लाख रुपैंयाँ पाउने छिन् । प्रतियोगिताका उपविजेताद्वयले ५० र २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।

होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकदेखि उक्त प्रतियोगिता आयोजना गरिँदै आएको बताएकी छन् ।

प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

टिप्पणीहरू