१ सय ३५ वर्षकी महिला बितिन्

१ सय ३५ वर्षकी महिला बितिन्

विश्वकै जेष्ठ महिला दाबी गरिएकी चीनकी एक वृद्धाको निधन भएको छ । चीनको उइगुर स्वायत्त प्रान्तकी १ सय ३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो ।

चीनमा जन्म र मृत्युबारे तथ्याङ्क संकलन गर्ने पब्लिसिटी डिर्पाटमेण्टका अनुसार सियातीको जन्म सन् १८८९ जुन २५ मा भएको थियो ।

सियिटीको विवाह १७ वर्षको उमेरमा भएको थियो । उनका ४३ जना नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो ।

चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरे पनि गिनिज बुक अफ वल्र्ड रेकर्डस्बाट भने मान्यता पाएकी थिइनन् ।

सियिटीलाई विश्वकै जेष्ठ महिला घोषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले पनि अनुरोध नगरेको गिनिज बुक अफ वल्र्ड रेकड्र्सले जनाएको छ ।

टिप्पणीहरू