माओवादीको राष्ट्रिय सम्मेलनमा विदेशबाट ३५ जना आउने

माओवादीको राष्ट्रिय सम्मेलनमा विदेशबाट ३५ जना आउने

नेकपा (माओवादी केन्द्र) को आसन्न राष्ट्रिय सम्मेलनमा प्रवास समन्वय समितिबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएका छन् । पुस २ गते सम्पन्न नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलाले ३५ प्रतिनिधिको टुंगो लगाएको हो ।

जसअनुसार ओसिनिया क्षेत्रबाट शेषमणि शर्मा, मनऋषि धिताल, निरञ्जन गौली र ईश्वर पौडेल प्रतिनिधि छानिएका छन् । दक्षिण एसियाबाट युवराज भण्डारी, चक्रबहादुर विक (मताली), राजेन्द्रबहादुर सुवेदी, प्रकाशबहादुर स्याढा, जगतबहादर सुनार, रामबहादुर खड्का, मोहनबहादुर देवकर र एनबहादुर रावल प्रतिनिधि बनेका छन् ।

त्यसैगरी, पश्चिम एसिया क्षेत्रबाट नवराजकुमार ओली (शनिकुमार), शिवराज जैसी, बाबुराम विश्वकर्मा, उमेश विक, राजेन्द्र देवकोटा र रमेश भट्ट सम्मेलनमा आउने निश्चित भएको छ भने पूर्वी एसिया क्षेत्रबाट रमेश तिवारी, चूडामणि अधिकारी, भवानी पन्त, मुक्ति मरासिनी र प्रेम पाण्डे प्रतिनिधि छनोट भएका छन् ।

युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी र वीरमान घर्ती प्रतिनिधि छानिँदा अमेरिकाज क्षेत्रबाट खुमबहादुर पाठक र नारायण कँणेल चयन भएका छन् । भारतबाट राजु पाठक र क्यानाडाबाट राजेन्द्रप्रसाद पोखरेल तथा प्रवास समन्वय कमिटी कार्यालयबाट टेकबहादुर पाठक क्षेत्री र इन्द्रराज भट्टराई प्रतिनिधि चयन भएका छन् ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ । सम्मेलनमा सहभागी हुने १५ सय ३३ प्रतिनिधिको टुंगो लागिसकेको छ । सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशबाट ८ सय ३ प्रतिनिधि छनोट भएका छन् ।

त्यस्तै, आयोजकबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिष्ट सदस्यबाट १ सय २५, पार्टी आयोगबाट ७५, केन्द्रीय विभागबाट १ सय २ र केन्द्रीय प्रतिनिधि २७ जना छन् । पाँच प्रतिशत भने स्थायी कमिटी बैठकले मनोनित गर्नेछ ।

टिप्पणीहरू