राजनीतिमा लागेका शिक्षक र कर्मचारीलाई कारबाही गरिनेछ : त्रिभुवन विश्वविद्यालय

राजनीतिमा लागेका शिक्षक र कर्मचारीलाई कारबाही गरिनेछ : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी प्रशासन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरूले राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएको समाचार सार्वजनिक भएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो ।

उसले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनीतिक निर्वाचनमा उम्मेदवार बन्न नपाइने भए पनि शिक्षकहरुले अटेर गरेको बताएको छ ।

कुनै पनि दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिन अगावै राजीनामा दिइसकेको हुनुपर्ने नियम छ । विश्वविधालयको नियम र राजनीतिक दलसम्बन्धी ऐन विपरीत कार्य नगर्न विश्वविद्यालयले सुसुचित समेत गराएको छ । कानुनमा शिक्षकलाई राष्ट्रसेवकको रुपमा परिभाषित गरिएकाले त्यस्तो कार्य नगर्न विश्वविद्यालयले सबैलाई आग्रह गरेको हो ।

टिप्पणीहरू