काँग्रेसको बैठक पर्सी

काँग्रेसको बैठक पर्सी

नेपाली काँग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पर्सी बोलाइएको छ ।

१४औँ महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने तयारी थालिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

१४ औँ महाधिवेशनमा विभिन्न क्लस्टरका लागि भएको निर्वाचनको मतगणना आज सक्ने तयारी काँग्रेसको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आज आउने र त्यसपछि पर्सी बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको मुख्यसचिव पौडेलले बताए ।

टिप्पणीहरू