दिपिका दम्पत्ति अभिनित चलचित्र ‘करमुक्त’

दिपिका दम्पत्ति अभिनित चलचित्र ‘करमुक्त’

रणवीर सिंह र दिपिका पादुकोण अभिनित चलचित्र करमुक्त हुने भएको छ । यी दम्पत्ति अभिनित चलचित्र ‘८३’ लाई दिल्लीमा करमुक्त घोषणा गरिएको हो ।

कपिल देवको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीले सन् १९८३ को विश्वकप जितेको सन्दर्भमा आधारित उक्त फिल्म भोलि शुक्रबार रिलिज हुँदैछ ।

रणवीरले कपिल देवको भूमिका निर्वाह गरेका छन् । दिपिकाले चाहिँ उनकी पत्नी रोमीको भूमिका निर्वाह गरेकी हुन् ।

टिप्पणीहरू