भारतका लामा नदी कुन कुन र कति वटा ?

भारतका लामा नदी कुन कुन र कति वटा ?

भारतमा साना ठूला धेरै वटा नदी बग्छन् । ती नदीलाई हिमालबाट बग्ने र प्रायद्वीपबाट उत्पत्ति भएर बग्ने गरी दुई भागमा विभाजन गरिएको छ ।

नेपालमा जस्तै कतिपय नदीलाई त्यहाँका हिन्दूहरूले पनि पवित्र मान्छन् । कतिपयलाई देवी–देवताको रूपमा समेत पूजा गरिन्छ । भारतमा रहेका केही लामा नदीहरु यी हुन् :-

त्यहाँको सबैभन्दा लामो नदी गंगा हो । गंगाको रूपमा चिनिने यसको कूल लम्बाइ २ हजार ५ सय २५ किलोमिटर छ । यो भारतको सबैभन्दा ठूलो नदी हो । यसलाई हिन्दूहरूले देवी गंगाको रूपमा पुज्छन् ।

दोस्रो लामो नदी भने गोदावरी हो । यससको कूल लम्बाइ १ हजार ४ सय ६४ किलोमिटर छ ।

त्यसैगरी तेस्रो लामो नदी कृष्ण हो । यसको लम्बाइ १ हजार ४ सय किलोमिटर छ । चौथो लामो नदी यमुना १ हजार ३ सय ७६ किलोमिटर लामो छ । त्यसपछिका लामा नदीहरुमा नर्मदाको १ हजार ३ सय १२,सिन्धुको १ हजार १ सय १४,ब्रह्मपुत्रको ९ सय १६ र महानदीको लम्बाइ ८ सय ९० किलोमिटर रहेको छ ।

टिप्पणीहरू