पञ्जाबमा पनि भारतीय प्रतिरक्षा मिसाइल प्रणाली

पञ्जाबमा पनि भारतीय प्रतिरक्षा मिसाइल प्रणाली

भारतीय वायुसेनाले पञ्जाव क्षेत्रमा एस ४०० नामक प्रतिरक्षा मिसाइल प्रणालीको पहिलो डफ्फा तैनाथ गर्न लागेको छ ।

एस ४०० एयर डिफेन्स सिस्टम स्थापनाको निम्ति झण्डै ३५ हजार करोड रुपैयाँको सम्झौता गरिएको थियो । अब भारत ४ सय किलोमिटर दूरीसम्मका सम्भावित हवाई आक्रमणका खतरा सामना गर्न सक्षम हुने बताइएको छ । यसको निम्ति पाँच वटा डफ्फा उपलब्ध हुने छन् ।

यसैबीच हिन्दुस्तान एरोनटिक्स लिमिटेड र फेसिलिटी एयरक्राफ्ट अपग्रेड रिसर्च एण्ड डिजाइन सेन्टरले भारतीय नौसेनाको एमआइजी–२९ के लडाकू जहाजको क्षमतालाई परिष्कृत गरेको छ । उसले जहाजको लेजर पड र नयाँ लेजर निर्देशित बम प्रणालीलाई एकीकृत गर्दै घातकता क्षमता बढाएको हो ।

टिप्पणीहरू