मध्यजाडोको जुवामा ५ जना मस्त

मध्यजाडोको जुवामा ५ जना मस्त

दक्षिणकाली नजिकैको चाल्नाखेलमा जुवा खेल्नेहरु आज पक्राउ परेका छन् ।

स्थानीय स्मिता नगरकोटीको घरमा जुवा खेलिरहेका तीन पुरुष र दुई जना महिलालाई प्रहरीको टोलीले एक बुक तास र १३ हजार ६ सय रुपैयाँभन्दा बढी रकमसहित समातेको हो ।

महिला र पुरुष मिसिएर जुवा खेल्ने गरिएकोमा आज साँझ पक्राउ परेकाहरुमा स्थानीय ४० वर्षकी नानु नगरकोटी,काभ्रेपलाञ्चोक घर भई हाल चाल्नाखेल बस्ने वर्ष ४१ की कुमारी लामा,रौतहट घर भई सोही ठाउँ बस्ने वर्ष ३० का भानु जैसवाल, रौतहटकै ४३ वर्षका सुमन लामा र काभ्रे रोशीखोला घर भई उक्त स्थानमा बस्दै आएका वर्ष २८ का बुध्द लामा छन् ।

उनीहरु सबैलाई अहिले कीर्तिपुर वृत्तमा राखेर प्रारम्भिक अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू