खनाल निवासमा एमसीसीसम्बन्धी छलफल

खनाल निवासमा एमसीसीसम्बन्धी छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे आज साँझ सत्तारुढ नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कुराकानी भएको छ ।

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास स्वयम्भू,डल्लुमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी नेता नारायणकाजी श्रेष्ठ साँझ पुग्नुभएको हो ।

करिब ५ बजेदेखि उहाँहरुबीच भएको छलफलमा एमसीसी सम्झौताका रेसा रेसा केलाइएको थियो ।

गठबन्धनका शीर्ष नेताहरुको पछिल्लो बैठकले उक्त सम्झौतालाई संसदबाट पारित गर्नुअघि गहन ढंगले अध्ययन गर्ने,संशोधनका बुँदा पहिल्याउनेलगायतका कार्य गर्न खनालको नेतृत्वमा कार्की र श्रेष्ठ रहनुभएको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

यसअघि नेकपामा पनि उक्त सम्झौताको अध्ययन गर्न खनालकै नेतृत्वमा गठित कमिटीले प्रतिवेदन बुझाएको थियो ।

टिप्पणीहरू