यातायातका कर्मचारी घुससहित समातिए

यातायातका कर्मचारी घुससहित समातिए

सर्वाधिक विवादित र अमर्यादित सरकारी कार्यालयको रुपमा परिचित यातायात कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।

आज दिउँसो काठमाडौंको स्वयम्भू,ठूलो भर्याङस्थित यातायात कार्यालयका कर्मचारीलाई घुससहित समातिएको हो ।

सँधै भीड हुने कार्यालयमा काम छिटो गरिदिने भन्दै घुस लिएका कम्प्युटर अपरेटर तथा सूचना अधिकृत सन्तोष शाही प्रहरीको फन्दामा परेका हुन् । काम छिटो गराइदिने भन्दै उनले सेवाग्राहीसँग आठ हजार रुपैयाँ लिएका थिए ।

स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शाहीलाई घुस लिएको आठ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।

टिप्पणीहरू