मध्यरातमा श्रीमती मार्ने श्रीमान पक्राउ

मध्यरातमा श्रीमती मार्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन नगरपालिका–३ का दिपन राई हुन् । उनीमाथि २९ वर्षीया श्रीमती विष्णुमाया राईको हत्या गरेको अभियोग लागेको छ ।

सोमबार राति १२ बजेतिर श्रीमतीको हत्यापछि श्रीमतीले आत्महत्या गरेको भन्दै उनले हल्ला गरेका थिए । घटना शंकास्पद भएको खबर पाएपछि स्थानीय प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा चोटपटक देखेपछि सुक्ष्म अनुसन्धान प्रक्रिया थालेको बताइन्छ । शवलाई पोष्टमार्टमको लागि धरान पठाएर श्रीमान् राईमाथि अनुसन्धान जारी राखेको थियो ।

अनुसन्धानको क्रममा श्रीमतीले आत्महत्या नगरेको र उनको भवितव्यबाट समेत मृत्यु नभई आफूले नै हत्या गरेको राईले साबिति बयान दिएको प्रहरीले बताएको छ । उनले श्रीमतीसँग सामान्य विषयमा विवाद हुँदा रिसको आवेगमा हत्या गरेको बताएका छन् ।

टिप्पणीहरू