उपत्यकामा संक्रमितको संख्या बढ्दै, मुलुकभर २ जना बिते

उपत्यकामा संक्रमितको संख्या बढ्दै, मुलुकभर २ जना बिते

केही दिनयता राजधानी काठमाडौंमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । आज काठमाडौंमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार भक्तपुरमा १३ र ललितपुरमा ३३ जना संक्रमित थपिएका छन् । आजै कोरोना संक्रमणबाट मुलुकभर दुई जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कोराना संक्रमणबाट दुई जनाको मृत्यु र दुई सय ३६ जना संक्रमित थपिएका छन् । यो संख्या ११ हजार तीन सय नौ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

गत २४ घण्टामा दुई सय ७२ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार एक सय ८५ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७९ पुगेको छ ।

टिप्पणीहरू