नेपालमा अर्का ओमिक्रोन संक्रमित भेटिए

नेपालमा अर्का ओमिक्रोन संक्रमित भेटिए

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । ९८ वर्षीय एक वृद्धमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राका अनुसार थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिँदै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

यसअघि मंसिर १९ गते दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरिएन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा रहेका अर्को व्यक्तिमा ओमिक्रोन देखिएको थियो । हाल उनीहरु संक्रमणमुक्त भइसकेका छन् ।

अब नेपालमा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएकाको संख्या तीन पुगेको छ ।

टिप्पणीहरू