माओवादी केन्द्रको पनि लोगो सार्वजनिक

माओवादी केन्द्रको पनि लोगो सार्वजनिक

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा समेत तय गरेको छ ।

लोगोमा ‘नयाँ क्रान्ति, विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले हँसिया हथौडा बोकेको र केही धार्मिकस्थलको चित्र उल्लेख छ ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि मंगलबारसम्म काठमाडौंमा हुँदैछ ।

टिप्पणीहरू