प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड (क) बमोजिम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नु भएको जानकारी दिनुभएको हो ।

काँग्रेस नेता समेत रहनुभएका रक्षामन्त्री रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत शुक्रबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

टिप्पणीहरू