प्रतिनिधिसभाको अर्को बैठक अंग्रेजी नयाँ वर्षमा

प्रतिनिधिसभाको अर्को बैठक अंग्रेजी नयाँ वर्षमा

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो । संसदको चालु १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेश स्वीकृत गरेको छ ।

आजको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

चालु अधिवेशनको यसअघिका दुईवटा बैठकमा जस्तै आजको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरुले नवौँ अधिवेशनदेखि नै बैठकमा नाराबाजी गर्दै आएका हुन् ।

टिप्पणीहरू