मिस वल्र्डमा पुगेकी नम्रता घर फर्किइन्, प्रतियोगिताको मिति धकेलियो

मिस वल्र्डमा पुगेकी नम्रता घर फर्किइन्, प्रतियोगिताको मिति धकेलियो

प्रतियोगी र आयोजकहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको मिस वल्र्डको अन्तिम प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । स्थगित कार्यक्रम अब आगामी मार्च १६ तारिखमा हुनेछ ।

आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले अब चैत २ गते पुएर्तोरिकोमा नै हुने अन्तिम प्रतियोगितामा भाग लिने बताएको छ । कार्यक्रम स्थगित भएपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि घर आइपुगेकी छन् ।

यो वर्षको मिस वल्र्ड २०२१ को फाइनल डिसेम्बर १६ गते अर्थात पुस १ गते हुने भनिएको थियो । कार्यक्रमस्थलमा धेरै जनालाई कोरोना संक्रमण भएपछि एकाएक स्थगित गरिएको हो ।

टिप्पणीहरू