एकैदिन दुई हजार बढी स्कुले बालबालिकाले पाए कोरोनाको खोप

एकैदिन दुई हजार बढी स्कुले बालबालिकाले पाए कोरोनाको खोप

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले एकैदिन दुई हजारभन्दा बढी स्कुले बालबालिकालाई कोभिडविरुद्धको खोप लगाएको छ ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार हिजो एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

टिप्पणीहरू