गभर्नर र डेपुटीहरुको आज दिउँसोको खाजा पाँचतारे होटलमा

गभर्नर र डेपुटीहरुको आज दिउँसोको खाजा पाँचतारे होटलमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटीहरुले आज दिउँसो खाजा खाने समयमा पाँचतारे होटलमा कार्यक्रम राखेका छन् । मुलुकको पछिल्लो आर्थिक अवस्था र बैंकिङ क्षेत्रबारे उठेका प्रश्न र जिज्ञासालाई शान्त पार्न दिउँसो १ बजे नागपोखरीस्थित होटल मेरियटमा कार्यक्रम राखिएको हो ।

‘आर्थिक पत्रकारहरुसँग सामयिक विषयमा अन्तरक्रिया’ गर्ने भनिएको उक्त कार्यक्रममा बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुलुकको पछिल्लो आर्थिक र बैंकिङ अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

बैंकहरुमा नगद तरलताको अभाव बढेको, विदेशी मुद्राको सञ्चिति घटेको र शोधनान्तर घाटा चुलिएपछि मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे अनेक अड्कल लगाइएको छ । तर पछिल्लो केही दिनदेखि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अवस्था ठीक दुरुस्त रहेको दाबी गर्दै आउनुभएको छ ।

आज बैंकका गभर्नर र अधिकारीहरुले पनि शर्माको भाषामा केही तथ्याङ्क मिसाएर मुलुकको आर्थिक तथा मौद्रिक अवस्था तन्दुरुस्त रहेको सन्देश दिन खोजिएको स्रोतले बताएको छ ।

टिप्पणीहरू