आगोले जलेर दाईँ खेलिरहेका दुई बालबालिकाको मृत्यु

आगोले जलेर दाईँ खेलिरहेका दुई बालबालिकाको मृत्यु

रौतहटमा आगोमा जलेर दुई जनाको ज्यान गएको छ । फतुवा बिजयपुर नगरपालिकास्थित बरगिनिया गाउँमा हिजो भएको आगलागीमा परि दुई जना बालबालिकाको मृत्यु भएको हो ।

मदन यादवको फुसको छाना रहेको घरमा हिजो दिउँसो करिब २ बजेको समयमा अचानक आगलागी हुँदा सोही गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिजयपुरका अनुसार आराध्यको घटनास्थलमै मृत्यु भएको थियो भने आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको हो।

दाँईँ गर्न राखिएको धानमा आगो सल्कएको र सो क्रममा खेलिरहेका बालबालिका आगलागीमा परेको प्रहरीको भनाई छ । आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडालगायत सबै सामान जलेर नष्ट भएकोे छ भने रामविश्वास यादवको १ सय ६० भन्दा बढी धानको भारी जलेर क्षति भएको छ ।

दिउँसो २ बजे लागेको आगो झन्डै डेढ घन्टापछि साढे ३ बजे जिल्ला सदरमुकामबाट आएको दमकल र स्थानीयले निभाएका थिए । फतुवा बिजयपुर नगरपालिका र सो आसपासका स्थानीय तहमा दमकल उपलब्ध नहुँदा ठूलो क्षती भएको स्थानीयले बताएका छन् ।

टिप्पणीहरू