चन्द्रे कामी आठ दिनपछि फेला

चन्द्रे कामी आठ दिनपछि फेला

मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि फेला परेका छन् । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा आज विहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारेको हो ।

प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार उनलाई सदरमुकाम ल्याइँदैछ । ‘प्रहरी टोलीले उहाँलाई खार्पुनाथमा फेला पारेको छ,’ भण्डारीले भने, ‘अब जिल्लामा ल्याउँदैछौं, बाँकी विवरण यहाँ ल्याएपछि मात्र थाहा हुन्छ।’

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए । रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए ।

त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो ।

टिप्पणीहरू