अभिनेत्री ऐश्वर्या राय पनि शंकाको घेरामा

अभिनेत्री ऐश्वर्या राय पनि शंकाको घेरामा

पूर्वविश्व सुन्दरी तथा भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनमाथि कर छलेको आरोप लागेको छ । सोही आरोपमा उनलाई सोमबार भारतीय कार्यान्वयन निर्देशनालयले पाँच घण्टाभन्दा बढी सोधपुछ गरेको हो ।

पानामा पेपर्सले सार्वजनिक गरेको विवरणअनुसार उनी अवैध विदेशी मुद्रा कारोबारको आशंकामा तानिएकी हुन् । पेपर्सले सन् २०१६ मा प्रकाशित गरेको विश्वव्यापी कर छलीको विवरणका आधारमा उनलाई बोलाएर सोधपुछ गरिएको अधिकारीहरुले बताएका छन् ।

रायको बयानपछि निर्देशनालयले बच्चन परिवारसँग थप सोधपुछ गर्ने भएको छ । अब उनीहरुले सन् २००४ देखि प्राप्त गरेको विदेशी मुद्राको आम्दानीबारे विस्तृत जानकारी गराउनुपर्ने छ । भारतमा सोही वर्षदेखि विदेशी मुद्राको कारोबार अर्थात् रेमिट्यान्स स्किमलाई सरल बनाइएको थियो ।

टिप्पणीहरू