भारतीय बैंकले ३ जना भगौडाबाट उठायो खर्बौं रुपैयाँ

भारतीय बैंकले ३ जना भगौडाबाट उठायो खर्बौं रुपैयाँ

भारतमा व्यवसाय र व्यापार डुबेर उठिबास भएपछि भागेका ठूला व्यापारीहरुसँग बैंकहरुले खर्बौं रुपैयाँ उठाएका छन् । भारतीय वित्त मन्त्री निर्मला सिथारमनका अनुसार यसबीच बैंकहरुले १३ हजार १ सय ९ दशमलव १७ करोड रुपैयाँ उठाएका हुन् ।

खराब कर्जाको रुपमा ती बैंकले सम्पत्ति बिक्री गरेर उक्त रकम उठाएको बताइन्छ । उक्त रकम व्यवसायी विजय माल्या,निरभ मोदी र मेहुल चोक्सीबाट गत जुलाई मसान्तभित्र उठेको हो ।

विजय माल्या उनै हुन् जो किंगफिशर रक्सी र हवाई कम्पनीका मालिक थिए । अहिले उनको सबै व्यवसाय चौपट भएर बेलायत भासिएका छन् । निरभ र मेहुल चोक्सी पनि फरारको सूचीमा छन् । निरभले १३ हजार १ सय करोड रुपैयाँ बराबरको बैंक फ्रड (धोखाधडी) गरेका थिए ।

टिप्पणीहरू