दक्षिणमा ठाउँको ठाउँ गोली हान्न आदेश

दक्षिणमा ठाउँको ठाउँ गोली हान्न आदेश

भारतीय सशस्त्र फौजलाई विशेष अधिकारसहित ठाउँको ठाउँ गोली हान्ने अधिकार दिइएको छ । फौजलाई नागाल्याण्ड,मणिपुर, आसामसहित अरुणाचल र जम्मु तथा कश्मिरका केही भागमा उक्त अधिकार दिइएको हो ।

आर्म्ड फोर्सेज स्पेशल पावर्सको नामले चिनिएको उक्त फौजलाई ती राज्य र क्षेत्रमा कुनै पनि शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई तत्काल गोली प्रहार गर्नसक्ने अधिकार दिइएको हो । उनीहरुलाई विनासूचना खानतलासी लिनसक्ने अधिकारसमेत प्रदान गरिएको छ ।

पछिल्ला दिनमा ती राज्य र क्षेत्रमा भड्किएको शान्ति सुरक्षा कायम राख्न त्यस्तो अधिकार दिइएको सुरक्षा स्रोतले बताएको छ ।

टिप्पणीहरू