सुर्खेतमा पनि घन्कियो एमसीसी बिरोधी आवाज

सुर्खेतका विभिन्न राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोध गरेका छन् । आज सुर्खेतमा आयोजित बिरोध कार्यक्रममा दहरुले परियोजना खारेजको माग गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन आग्रह गरेका हुन् ।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, ने.क.पा, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले संयुक्तरुपमा आयोजना गरेको बिरोध कार्यक्रममा एमसीसी परियोजना नै खारेज गर्नुपर्ने माग राखेका छन् ।

उनीहरुले ठूला दलहरु एमसीसी परियोजना पारित गराउने पक्षमा रहेको आशंका व्यक्त गरेका छन् । ‘यदि यसो भयो भने नेपाल अन्तर्राष्ट्रिय जगतको परेडखाना हुनेछ, राष्ट्रिय स्वाधीनता जोगाउनका लागि उक्त परियोजना खारेज गर्नुपर्छ,’ उनीहरुको निचोड हो यो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रत्नविक्रम प्यासी, गोविन्दप्रसाद सुवेदीलगायतले एमसीसीको चर्को बिरोध गरेका थिए ।

टिप्पणीहरू