पशुपतिका निश्कासित कर्मचारीको थमौती

पशुपतिका निश्कासित कर्मचारीको थमौती

गौशालास्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पछिल्लो केही समयदेखि हुँदै आएको धर्ना र नाराबाजी भोलिदेखि नहुने भएको छ ।

गत साउनदेखि निस्कासन गरिएका करारका कर्मचारीको माग पूरा गएकाले भोलिदेखि उक्त क्षेत्र शान्त हुने भएको हो । उनीहरुले पुनः नियुक्तीको माग राख्दै बिरोध प्रदर्शन गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषका अस्थायी, करार सेवा, करार तथा ज्यालादारी कर्मचारी समूह, नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेकपा एकीकृत समाजवादी) का अध्यक्ष प्रेमबहादुर कार्कीलगायतको नेतृत्वमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाबीच आज सहमति भएको छ ।

सहमतिअनुसार साउनदेखि निश्काशित श्रेणीविहीन कर्मचारीहरुलाई तीन दिनभित्र काममा फर्काइने लिखित सहमति भएको छ । सहमतिपछि आजै अपरान्हदेखि धर्ना कार्यक्रम समेत स्थगित गरिएको छ ।

टिप्पणीहरू