विद्यार्थीको मृत्युपछि आन्दोलित विद्यार्थीहरु प्रहरी नियन्त्रणमा

विद्यार्थीको मृत्युपछि आन्दोलित विद्यार्थीहरु प्रहरी नियन्त्रणमा

बागबजारस्थित काठमाडौं मोडल कलेजमा एक विद्यार्थीको मृत्यु भएपछि आन्दोलित बनेका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कलेजबाट ३० जनालाई र शान्तिबाटिकाबाट २५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

हिजो दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी कलेजको बाथरूममै बेहोस भएका थिए । लगतै अस्पताल लगिएका सहनीलाई अस्पतालले राति ८ बजे मृत घोषणा गरेको थियो ।

त्यसपछि आन्दोलित बनेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हाल भृकुटीमण्डपस्थित पुलस क्लब अगाडि आफ्ना साथीहरूको रिहाईको लागि अन्य विद्यार्थीले शान्तिपूर्ण तरिकाले नाराबाजी गरेका छन् ।

अहिले क्यापस प्रशासन, पिडीत परिवार र प्रहरीबीच हिजोको घटनालाई लिएर अनामनगर प्रहरी कार्यालयमा वार्ता भइरहेको छ । यता क्यापस प्रमुख नागेन्द्र अर्यालले भने पुलिस क्लबमा थुनिएका विद्यार्थीहरुसँग वार्ता गरेको बताइन्छ ।

टिप्पणीहरू