मधेशी कोटाबाट उठेका डलर अर्बपतिको पक्षमा कति जना ?

मधेशी कोटाबाट उठेका डलर अर्बपतिको पक्षमा कति जना ?

मधेशी कोटाबाट नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा डलर अर्बपति विनोद चौधरी विजयी भएका छन् । अन्तिम परिणामअनुसार चौधरी २५ सय २२ मत ल्याएर दोस्रो स्थानमा परेका हुन् । २५ सय २२ नै मत ल्याएका अजय चौरसिया पहिलो स्थानमा छन् ।

त्यस्तै तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१ सय ३८ मत, चौथोमा महेन्द्रकुमार राय १९ सय ८४ मत, पाँचौं नम्बरमा दिनेशकुमार यादवले १९ सय ५९ मत ल्याएका छन् ।

महिलातर्फ मुक्ता कुमारी यादवले ३९ सय ६९ मत, मिनाक्षी झा ३ हजार १२ मत, मञ्जुकुमारी यादव २८ सय ८३ मत र नागिना यादव २८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

टिप्पणीहरू