सभामुखको पटक पटकको आग्रहलाई किन लत्याईंदैछ ?

सभामुखको पटक पटकको आग्रहलाई किन लत्याईंदैछ ?

सभामुख अग्नीप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्धको काम गरिरहेको आरोप लगाउनुभएको छ ।

सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत समेत गराउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि उहाँले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न पटकपटक आग्रह गर्नुभएको हो । उहाँले संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरीत काम गरिरहेको बताउनुभयो ।

सभामुख सापकोटाले नेपालको संविधानको धारा १ को उपधारा ५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सन्दर्भमा न्याय निरुपणमा प्रतिकूल असर पार्ने विषयमाथि संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुराको पुनः स्मरण गराउनुभएको थियो । उहाँले सांसदहरुलाई प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ का प्रावधानको पालनाका लागि पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले बेवास्ता गरेका थिए ।

सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन समेत संसद बैठकलाई सुचारु गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । तर, संसदको अघिल्लो अधिवेशनदेखि नै अरुको कुरो नसुन्दै अघि बढेका एमाले सांसदहरुले उक्त रवैयालाई आज पनि जारी राखेका हुन् ।

टिप्पणीहरू