सुनको सिक्री लुट्नेहरुको साथबाट पेस्तोल र गोलीसमेत फेला

सुनको सिक्री लुट्नेहरुको साथबाट पेस्तोल र गोलीसमेत फेला

सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जना पक्राउ परेका छन् । नवलपरासीको गैंडाकोट नगरपालिका १६, अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका उनीहरुलाई स्थानीयले पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय रामबहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ छन् ।

पसलमा बसिरहेकी महिलाको सिक्री लुटेर उनीहरु लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा स्थानीयहरुले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू