ट्रकको ठक्करबाट पैदल यात्रु ठहरै

ट्रकको ठक्करबाट पैदल यात्रु ठहरै

झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने शिवसताक्षी–१० का ४० वर्षीय यामनाथ राय हुन । उनलाई हिजो राति ८ बजे बिर्तामोड–१ पूर्व–पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्बरको ट्रकले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते रायको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक इलामको सन्दकपुर–३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू