काँग्रेसमा आशिर्वाद लिने र दिने क्रम जारी

काँग्रेसमा आशिर्वाद लिने र दिने क्रम जारी

नेपाली काँग्रेसका नवनिर्वाचि महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि थापाले आज नेता सिटौलाको निवास पुगेर आशीर्वाद मागेका हुन् ।

महाधिवेशनमा थापाले तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जितेका छन् । उनले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान महामन्त्रीलाई सुझाव दिएको बताइएको छ । सिटौलाले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न थापालाई सल्लाह दिएका छन् ।

अस्ति मात्रै काँग्रेसका अर्का नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौला निवास पुगेर आशीर्वाद मागेका थिए । त्यतिबेला पनि सिटौलाले आशीर्वाद दिँदै ‘योभन्दा माथि पुग्नु’ भनेर आशिष दिएका थिए ।

टिप्पणीहरू