नेपाली सेनालाई बेलायती सेनाको सहयोग

नेपाली सेनालाई बेलायती सेनाको सहयोग

बेलायती सेनाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न शैया र पीसीआर परीक्षणका उपकरण र बन्दोबस्तीको सामान प्रदान गरेको छ ।

कोभिड उपचारमा सहज हुने २५ वटा शैया, पीसीआर उपकरणका किट्स र मेसिन प्रदान गरिएको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

ब्रिटिस गोर्खाका कमान्डर पौल स्मिथले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेका हुन् ।

टिप्पणीहरू