नेपाल ग्रामीण चलचित्र महोत्सव गर्दै सेलिब्रेटी नेपाल

नेपाल ग्रामीण चलचित्र महोत्सव गर्दै सेलिब्रेटी नेपाल

नेपाली चलचित्र ग्रामीण बजारमा पुप्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा ग्रामीण चलचित्र महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिन चलचित्र महोत्सव गर्ने घोषणा गरेको हो । महोत्सवको आयोजनास्थल केही दिन पछि सार्वजनिक गर्ने बताइएको छ ।

महोत्सवमा विभिन्न भाषा भाषिकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरु समेत समावेश गरिने जानकारी दिइएको छ । कार्यक्रम गरिने क्षेत्रको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्न विभिन्न प्रस्तुति समेत गरिनेछ ।

नेपाली आमदर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु महोत्सव आयोजनाको मुख्य उद्देश्य रहेको भनिएको छ ।

टिप्पणीहरू